लेख रचना
मिडिया भन्ने कि प्रेस
- विनयकुमार कसजू
प्रेस र पत्रकारिताको लागि मिडिया शब्द प्रयोग हुन लागेको केही वर्षभयो । मिडिया शब्दले प्रेस र पत्रकारितालाई मात्रै समेट्ने भए यसले खासै गडबडी गर्ने थिएन तर मिडियाले संचारका सबै माध्यमहरुलाई समेट्ने हुनाले अनेक भ्रम सिर्जना भएको छन् र अनर्थ पनि हुन थालेको छ ।
सूचनाको सबैभन्दा ठूलो स्रोत सरकार हो । त्यसले जनतालाई आवश्यक पर्ने सूचना, जानकारी र ज्ञानका विषयवस्तुहरु निरन्तर प्रवाहित गर्नुपर्छ । सरकारी घोषणा, ऐन, नियम, सूचना, सन्धि सम्झौतालगायत विभिन्न आधिकारिक कुरा र कामको लागि सरकारले राजपत्र प्रकाशित गर्छ । विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुले आआफ्नो विषयका जानकारी जनतालाई दिनका लागि पत्रिका, बुलेटिन, पुस्तक, पुस्तिका, डायरी प्रकाशित गर्छ । अहिले आएर हरेक निकायको आफ्नै वेबसाइट हुनु अपरिहार्य हुन थालेको छ । सरकारले विभिन्न तहमा संचालन गर्ने यी सबै प्रकाशन र प्रसारणहरु मिडिया नै हुन् ।
लोकतन्त्रमा सरकारको हरेक काम पारदर्शी हुनर्ुपर्छ । यसको लागि सरकारले सकेसम्म धेरै र विविध प्रकारका मिडियाको संचालन र उपयोग गर्नुपर्ने हुन्छ । तर नेपालमा २०४७ सालदेखि नै प्रजातन्त्रमा सरकारले मिडिया चलाउनु हुँदैन भनेर आवाज उठिरहको छ । प्रेस शब्दको लागि मिडिया शब्द प्रयोग गर्दा भएको गडबडीको यो एउटा जल्दाबल्दो उदाहरण हो । मिडिया आयोग, मिडिया काउन्सिलको माग, मास एजुकसन र जर्नलिजम शिक्षाका लागि मिडिया एजुकेसन शब्दको प्रयोग जस्ता कुराहरु पनि यही गडबडीबाट जन्मेका हुन् ।
२०४६ सालअघि नेपाल पत्रकार महासंघको चुनावमा गोरखापत्र संस्थानका कम्पोजिटरले समेत पत्रकारको हैसियतले भोट हाल्थे र सँधै सरकारी उम्मेदवारको जित गराइन्थ्यो । त्यसै बेलादेखि सूचना तथा संचार उद्योगमा काम गर्ने हकरदेखि छापाखानाका मजदूर तथा प्रकाशन विभागका कर्मचारीहरु र समाचार र विचार सिपाही पत्रकार/प्रेसबीच भिन्नता मेटिन थालेको हो । अहिले आएर चिठी बाँडने हुलाकीले पनि आफूलाई संचारकर्मी भन्छन् र पत्रकारले पनि आफूलाई संचारकर्मी भन्छन् । संचारकर्मी जो पनि हुनसक्छ । हुलाकी पनि संचार कर्मी हो तर सबै संचारकर्मी पत्रकार/प्रेस रिपोर्टर हैनन् । सन् २००६ मा ८१ जना पत्रकार र ३२ जना मिडिया स्टाफ मारिएका थिए । -हेर्नुस् ः रिपोर्र्टर्स विदाउट बोर्डरको रिपोर्ट ।) अन्तर्राष्ट्रिय प्रचलनमा पनि संचार माध्यमहरुमा काम गर्ने सबैलाई पत्रकार भनिँदैन । पत्रकार बाहेकका कर्मचारीहरुलाई मिडिया स्टाफ, मिडिया एसिस्टेन्ट वा मिडिया पर्सनेल भनिन्छ ।
मिडिया शब्द मिडियम -माध्यम) शब्दको बहुबचन हो । सन् १९२१ भन्दा पहिले मिडिया शब्द थिएन । मिडियम शब्दले त्यतिबेला भूतप्रेत र मानिस वा र्स्वर्ग नर्क र संसारबीच सर्म्पर्क गराइदिने माध्यम धामीझांक्री, पुजारी इत्यादिलाई बुझाउँथ्यो । सन् १९२१ मा विज्ञापन गर्ने शब्द जनाउनका लागि पहिलो पटक मिडिया शब्दको प्रयोग सुरु भएको हो ।
त्यसपछिका मिडिया शब्दको प्रचलन फेसनकै रुपमा बढ्यो र यसले धेरै अर्थ बोक्न थाल्यो । अहिले मिडिया शब्दले ठूलो समूह वा विशष लक्षित वर्गलाई विभिन्न प्रकारका मनोरंजन उपलब्ध गराउने; समाचार र सूचना दिने; विज्ञापनका सन्देश प्रचार गर्ने आदि संचारका विभिन्न च्यानलहरु बुझाउँछ । मिडिया सामान वा सेवा विक्री गर्नहरु र उपभोक्ताहरुबीच विज्ञापनको सन्देश पुर्याउने महत्वपर्ूण्ा सूत्र बनेको छ ।
हाल बजारमा अखबार, पत्रिका, पुस्तक, न्युजलेटर, रेडियो, टेलिभिजन, केबुल टेलिभिजन, सिनेमा र र्सार्वजनिक स्थलमा पर््रदर्शन गरिने विज्ञापनका भाँतीभाँतीका साधनहरुका रुपमा विभिन्न खालका मिडिया उपलब्ध छन् । सूचना तथा संचार प्रविधिको विकाससँगै मिडियाका रुप, आकार र गुणमा पनि परिवर्तन भइरहेको छ । यदि प्रेस शब्दलाई माथिका सबै खालका माध्यम वा साधन जनाउने शब्दको अर्थमा वा मिडियाको पर्यायवाची शब्दको रुपमा प्रयोग गरियो भने धेरै गडबडी हुन्छ । जस्तै अमेरिकाको संविधानमा प्रेसलाई नियन्त्रण गर्ने/खुम्च्याउने कुनै पनि कानुन बनाउन पाइने छैन भनिएकोमा प्रेसको सट्टा मिडिया शब्द राख्यो भने त्यसको प्रभाव के होला -
मिडिया उद्योग र व्यापार हो । यसको सम्बन्ध धन वा नाफासँग छ । तर प्रेस र पत्रकारिताको सम्बन्ध शक्तिसँग छ । प्रेसले मूल रुपमा शक्ति कहाँ, कोसँग छ, कताबाट कता जाँदैछ, कसरी जाँदैछ लेखाजोखा गर्छ । शक्तिको रुपान्तरण, हस्तान्तरण र अपहरणलाई यसले निगरानी र विश्लेषण गर्दै जनताको हातमा शक्ति हस्तान्तरण गर्ने कामलाई तीब्र पार्न सघाउँछ । यसैले प्रेसको सबैभन्दा नजिकको साइनो राजनीतिसँ छ । सारमा प्रेसले जनहितको लागि काम गर्छ भने मिडियाले जनहित गर्ने जिम्मेवारी लिँदैन । प्रेस यस्तो शक्ति हो जसले आफ्नो शक्तिको उपयोग जनताको लागि गर्छ, आफ्नो लागि कदापि गर्दैन । प्रेस मिडिया अर्न्तर्गत पर्छ तर सबै मिडिया प्रेस होइन । मिडियाले सन्देशलाई रुप र आकार दिन्छ भने प्रेसले राज्य र राजनीतिलाई रुप र आकार दिन्छ । प्रेसलाई चौथो अंग हो तर मिडिया चौथो अंग होइन ।
मदिरा बनाउनका लागि अंगूरफल च्याँप्ने, निचोर्ने -प्रेस गर्ने) मेसिनलाई सुधारेर कागत च्यापेर अक्षर छाप्ने मेसिन हाते छापाखाना -प्रेस) बनेको थियो । प्रेसले समाचार/पत्रपत्रिका छाप्न थालेपछि समाचार उत्पादन प्रकाशन गर्नर्े व्यवसायलाई समग्र रुपमा प्रेस भन्न थालिएको हो । यो शब्दले '१) अखबार, पत्रिका -म्यागजिन), २) अखबार र पत्रिकामा काम गर्ने पत्रकार र फोटोग्राफर, ३) कुनै व्यक्ति वा कुनै विषयमा पत्रपत्रिकामा प्रकाशित रिपोर्ट, ४) अखबार र किताब छाप्ने मेसिन' लाई जनाउँछ । पत्रकार शब्दले अखबार, पत्रिका, रेडियो वा टेलिभिजनका लागि समाचार बटुल्ने र लेख्ने व्यक्तिलाई जनाउँछ । -अक्स्फोर्ड एडभान्स लर्नर्स डिक्सनरी) ।
अहिलेको विश्वमा सबैभन्दा प्रभावकारी मिडिया टेलिभिजन मानिन्छ । तर टेलिभिजनले देखाउने सबै कार्यक्रम प्रेस होइन । त्यसमा प्रेसभन्दा मनोरंजनको हिस्सा धेरै हुन्छ । यसैले टेलिभिजनमा काम गर्ने सबै जना पत्रकार होइनन्, मिडिया स्टाफ हुन् । यही कुरा अन्य मिडिया तथा सरकारी तथा निजी प्रकाशन र प्रशारण निकाय/कम्पनीहरुमा पनि लागू हुन्छ । राज्य वा सरकारले मिडिया र प्रेस संचालन गर्न हुन्छ कि हुँदैन भन्ने विषयलाई पनि यही अर्थमा हेर्नुपर्छ ।
सरकार स्वयं एउटा शक्ति हो । सरकारले सेना, प्रहरी, कर्मचारीहरुको भौतिक बल -हार्ड पावर) उपयोग गर्छ । लोकतान्त्रिक व्यवस्थामा सरकारले प्रेस अर्थात अभौतिक बल -सफ्ट पावर) को उपयोग गर्दैन । तर हाम्रोजस्तो देशमा राज्य र सरकारको लोककल्याणकारी भूमिका हुन्छ । यही भूमिका अर्न्तर्गत राज्यले जनताका ज्ञान, सूचना, शिक्षा, मनोरंजनका आवश्यकता पनि पूरा गर्नुपर्ने हुन्छ । विश्वीकरण, उदारीकरण, बजारीकरणले गर्दा अहिले विश्वभरि नै निजीक्षेत्रका मिडिया खास गरी टेलिभिजन र रेडियो नाफामुखी हुँदै गइरहेका छन् । तिनीहरुको जनहितको भूमिका घटिरहेको छ । जनतालाई नाफामुखी मिडियाको दुष्प्रभावबाट जोगाउनु, अस्वस्थ आर्थिक प्रतिस्पर्धा, अवांछित विज्ञापन र हानीकारक विषयवस्तुबाट जोगाउनु र सहज, सस्तो, सान्दर्भिक र उपयोगी विषयवस्तु उपलब्ध गराउनु राज्यको दायित्व हो । यही उद्देश्यमा सीमित भएर राज्यले जनतालाई सूचित, शिक्षित बनाउन र मनोरंजन दिनका मिडिया चलाउँछ; प्रेस चलाउँ दैन ।
मिडियाको लागि प्रेस र प्रेसको लागि मिडिया शब्दको प्रयोगले हामीकहाँ धेरै भ्रम सिर्जना गरिरहको छ । यो गडबडीले गर्दा प्रेसमा नाफामुखी मिडियाका दुर्गुणहरु प्रवेश गरी प्रेसबाट जनताको हितको कुरा गायब हुन थालेको देखिँदैछ । ग्लोबल र कमर्सियल मिडियाले प्रसलाई निल्ने खतरा बढिरहेको छ । यसैले अब मिडिया, प्रेस र पत्रकारितालाई स्पष्ट र आफ्नै अर्थ बुझाउने गरी उपयोग गर्ने बेला आइसकेको छ । समाप्त ।
नयाँ पत्रिका दैनिकमा २०६४ असार १ गते प्रकाशित ।
|