Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

Killing the Messenger
Report on the global enquiry by the International News Safety Institute into the protection of journalists.

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC


राष्ट्रिय प्रसारण नियमावली, २०५२

राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायका नियमहरु बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ -

१. यी नियमहरुको नाम "राष्ट्रिय प्रसारण नियमावली, २०५२" रहेको
छ ।

२. यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।


२. परिभाषा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा

क. ऐन भन्नाले राष्ट्रिय प्रसारण ऐन, २०४९ सम्झनु पर्छ ।

ख. अनुमति पत्र" भन्नाले ऐनको दफा ९ को उपदफा -२) बमोजिम स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भूउपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्न दिइएको अनुपति पत्र सम्झनु पर्छ ।

ग. अन्य संचार माध्यम" भन्नाले स्याटेलाइट तथा केबुल बाहेकका अन्य संचार माध्यम सम्झनु पर्छ र सो शब्दले मल्टि च्यानेल माइक्रोवेभ डिस्टि्रव्युसन सिस्टम -एम.एस.डी.एस.) तथा अप्टिकल फाइबर ट्रान्समिसन प्रणाली समेतलाई जनाउँछ ।

घ. उपभोक्ता भन्नाले इजाजत पत्र तथा अनमति पत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिको संचार सेवा उपभोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।

ङ. मन्त्रालय भन्नाले श्री ५ को सरकार, सूचना तथा संचार मन्त्रालय समझनु पर्छ ।

३. इजाजत पत्रको लागि निवेदन दिनुपर्ने
ऐनको दफा ५ बमोजिम स्याटेलाइट, केबुल वा अन्य संचार माध्यमद्वारा कुनै कार्यक्रम गर्न वा फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थपना गरी कुनै कार्यक्रम प्रसारण गर्न इजाजत पत्र लिन चाहने व्यक्ति वा संगठित संस्थाले नियम ७ को उपनियम -१) बमोजिमको दस्तुर सहित क्रमशः अनुसूची १ -क) र अनुसूची १ -ख) बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।


४. इजाजत पत्र दिन सकिने
नियम ३ बमोजिम इजाजतको लागि कुनै निवेदन पर्न आएमा मन्त्रालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकलाई इजाजत पत्र दिन हुने देखिएमा नियम ७ को उपनियम -२) बमोजिमको दस्तुर लिई स्याटेलाइट, केबुल वा अन्य संचार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्न वा फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थपना गरी कार्यक्रम प्रसारण गर्नको लागि क्रमशः अनुसूची २ -क) र अनुसूची २ -ख) बमोजिमको ढाँचामा इजाजत पत्र दिन सक्नेछ ।

५. भूउपग्रह प्रसार केन्द्रको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्र लिनु पर्ने
ऐनको दफा ९ को उपदफा -१) बमोजिमको कुनै व्यक्ति वा संगठित संस्थाले स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भूउपग्रह प्रसार केन्द्र स्थापना गरी कुनै कार्यक्रम प्रसार गर्न चाहेमा अनुमति पत्रको लागि नियम ७ को उपनियम -१) बमोजिमको दस्तुर सहित अनुसूची ३ बमोजिमको ढाँचामा मन्त्रालयसमक्ष निवेदन दिनु पर्नेछ ।

६. अनुमति पत्र दिन सक्ने
नियम ५ बमोजिमको अनुमति पत्रको लागि कुनै निवेदन पर्न आएमा मन्त्रालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकलाई स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भूउपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्नका लागि अनुमति पत्र दिन हुने देखिएमा नियम ७ को उपनियम -२) बमोजिमको दस्तुर लिई अनुसूची ४ बमोजिमको ढाँचामा अनुमति पत्र दिन सक्नेछ ।

७. निवेदन र इजाजत पत्र तथा अनुमति पत्र बापत लाग्ने दस्तुर

१. इजाजत पत्र तथा अनुमति पत्रको लागि निवेदन दिँदा अनुसूची ५ -क) मा उल्लेख भएबमोजिम दस्तुर लाग्नेछ ।

२. इजाजत पत्र तथा अनुपति पत्र दिँदा लाग्ने दस्तुर अनुसूची ५ -ख) मा उल्लेख भए बमोजिम हुनेछ ।

८. कार्यक्रम प्रसारण गर्ने संस्था वा व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु
इजाजत पत्र तथा अनुमति पत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिले कार्यक्रम प्र्रसारण गर्दा नियम ९ को अधिनमा रही देहायका शर्तहरु पालन गर्नु पर्नेछ ः

क. कार्यक्रम प्रसारण वा वितरण गर्दा सम्बन्धित प्रसारण संस्था वा व्यक्तिको सहमति लिनु पर्नेछ ।

ख. एउटा प्रसारण संस्था वा व्यक्तिले प्राप्त गरेको इजाजत पत्र वा अनुमति पत्र अन्य कुनै व्यक्ति वा संस्थालाई बिक्री गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न नपाइने ।

ग. इजाजत पत्र तथा अनुमतिपत्रमा उल्लेखित कार्यक्रम बाहेकका अन्य कुनै कार्यक्रम प्रसारण वा वितरण गर्न नपाइने ।

घ. चारभन्दा कम च्यानेलबाट कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले कम्तीमा एक च्यानेलबाट श्री ५ को सरकारको स्वमित्वमा रहेको प्रसारण संस्थासँग सम्झौता गरी उक्त संस्थाको कार्यक्रम प्रसारण गर्नु पर्ने ।

ङ. आपत्कालीन वा दैवी प्रकोपको समयमा मन्त्रालयबाट निर्देशन भएमा एक पटकमा पाँच मिनेटसम्म र दैनिक ६ घण्टासम्म सरकारी सूचनाहरु निःशुल्क प्रसारण गर्नु पर्ने ।

च. युद्ध वा संकटकालीन समयमा मन्त्रालयले कुनै खास कार्यक्रमहरु मात्र प्रसारण गर्ने गरी निर्देशन दिएमा सोही कार्यक्रमहरु मात्र प्रसारण गर्नु पर्ने ।

छ. कार्यक्रम प्रसारण वा वितरण गर्दा कसैको व्यक्तिगत घर, कम्पउण्ड वा र्सार्वजनिक जग्गा वा सडक, विजुलीको खम्वा आदि प्रयोग गर्नु पर्ने भए सम्बन्धित व्यक्ति वा निकायसँग सम्झौता गर्नु पर्ने ।

ज. कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्ति र उपभोक्ताबीच कार्यक्रम वितरण तथा उपभोग गर्ने सम्बन्धमा सम्झौता गर्नु पर्ने ।

झ. कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले कार्यक्रम प्रसारणको आरम्भ, बीच र अन्त्यमा आफ्नो परिचय -कल साइन) दिनु पर्ने ।

ञ. मन्त्रालयले आवश्यक सम्झी तोकी दिएका अन्य शर्तहरु पालन गर्नु पर्ने ।

९. प्रसारण गर्न नपाउने

कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले देहायका विषयका कुनै कार्यक्रम प्रसारण गर्न पाउने छैन

क. श्री ५ महाराजाधिराज वा राजपरिवार प्रति घृणा वा अपहेलना हुने वा द्वेष बढाउने वा प्रतिष्ठामा आँच पुर्याउने ।
ख. नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्थामा खलल पर्न जाने ।
ग. र्सवसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने ।
घ. नेपाल अधिराज्यको र्सार्वभौमसत्ता र अखण्डतामा आँच पुर्याउने ।
ङ. विभिन्न जात, जाति, धर्म, वर्ण्र्ााक्षेत्र, सम्प्रदायका मानिसहरुबीच वैमनश्यता सिर्जना गर्ने वा सामाजिक दर्ुभावना फैलाउने ।
च. अदालतको अवहेलना हुने ।
छ. सामाजिक विकृति फैलाउने किसिमका अश्लिल सामग्रीहरु ।
ज. कुनै व्यक्तिको नाम किटान गरी कसैको मान, मर्यादा वा प्रतिष्ठामा आघात पार्ने सामग्रीहरु ।
झ. मन्त्रालयले समय समयमा प्रसारण गर्न नहुने भनी तोकिदिएका अन्य सामग्रीहरु ।

१०. विवरण दर्ता गर्नु पर्ने

१. इजाजत पत्र तथा अनुमतिपत्रको विवरण मन्त्रालयले अनुसूचि ६ बमोजिमको दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।

२. इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित कुनै विवरण नियम १५ बमोजिम बदलिएमा वा इजाजतपत्र तथा अनुमतिपत्रको नवीकरण भएमा समेत मन्त्रालयले उपनियम -१) बमोजिमको दर्ता किताबमा सो व्यहोरा जनाई राख्नु पर्नेछ ।

११. प्रसारण तथा वितरण शुल्क

१. कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले गरेको वार्ष्र्िक कुल आम्दानीको चार प्रतिशतले हुने रकम रोयल्टी रुपमा श्री ५ को सरकारलाई बुझाउनु पर्नेछ ।

२. कार्यक्रम प्रसारण गर्ने संस्था वा व्यक्तिले उपभोक्तासँग लिनु पर्ने शुल्क त्यस्तो प्रसारण संस्था वा व्यक्तिको खास हुन गएको खर्चलाई समेत आधार मानी मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।

१२. प्रसारण समय उपलब्ध गराउन सकिने
ऐनको दफा १३ बमोजिमको कुनै कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण संस्था वा संचार माध्यमलाई नियम ९ को अधिनमा रही कार्यक्रम प्रसारण गर्ने समय उपलब्ध गराउन सकिनेछ ।

१३. विज्ञापन प्रसारण गर्न समय उपलबध गराउन सकिने
कसैले ऐनको दफा १४ बमोजिम कुनै विज्ञापन प्रसारण गर्न चाहेमा त्यस्तो व्यक्ति, संस्था वा निकायबाट लिइने विज्ञापन दस्तुर सो विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउने प्रसारण संस्था वा व्यक्तिको उक्त विज्ञापन प्रसारण गर्दा खास हुन जाने खर्च र र्सार्क मुलुकका प्रसारण संस्थाहरुले लिने विज्ञापन दस्तुर समेतलाई आधार मानी मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।

१४. प्रसारण सम्बन्धी कार्य बन्द गर्न सक्ने
इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिले कुनै कारणवश आफूले प्रसारण गर्दै आएका प्रसारण सम्बन्धी कार्य बन्द गर्न चाहेमा सो कुराको लिखित जानकारी एक महिना अगावै मन्त्रालयलाई दिनु पर्नेछ र मन्त्रालयले पनि सो व्यहोरा नियम १० बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

१५. विवरण बदल्न सक्ने

१. कसैले इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित कुनै विवरण बदल्न चाहेमा पाँच सय रुपैयाँ दस्तुर सहित अनुसूची ७ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।

२. उपनियम -१) बमोजिम विवरण बदल्न दिएको निवेदनको व्यहोरा मुनासिब देखिएमा मन्त्रालयले निवेदन बमोजिमको विवरण बदल्न सक्नेछ ।

१६. इजाजतपत्र तथा अनुमतिपत्रको अवधि र नवीकरण दस्तुर

१. इजाजतपत्र तथा अनुमतिपत्रको अवधि सो इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेेख भए बमोजिम हुनेछ ।

२. इजाजतपत्र वा अनुमतिपत्र नवीकरण गराउन चाहने प्रसारण संस्था वा व्यक्तिले इजाजतपत्र वा अनुमतिपत्र बहाल रहने अवधि भुक्तान नहुँदै नवीकरणको लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।

३. उपनियम -२) बमोजिम इजाजतपत्र वा अनुमतिपत्र नवीकरणको लागि निवेदन दिएमा मन्त्रालयले इजाजतपत्र तथा अनुमतिपत्र दिँदा लाग्ने दस्तुरको दश प्रतिशतले हुने रकम थप गरी त्यस्तो इजाजतपत्र वा अनुमतिपत्र नवीकरण गरिदिन सक्नेछ ।

४. उपनियम -२) बमोजिमको म्याद भुक्तान भएपछि इजाजतपत्र वा अनुमतिपत्र नवीकरण गर्न आएमा पहिलो एक महिनासम्मको लागि दश प्रतिशत, दोस्रो एक महिनासम्म बीस प्रतिशत, तेस्रो एक महिनासम्म तीस प्रतिशत, चौथो एक महिनासम्म चालीस प्रतिशत, पाँचौ एक महिनासम्म पचास प्रतिशत र छैठौं एक महिनासम्म शत प्रतिशत जरिबाना समेत लिई मन्त्रालयले त्यस्तो इजाजतपत्र तथा अनुपतिपत्र नवीकरण गरिदिन सक्नेछ । ६ महिनाभित्र पनि इजाजतपत्र वा अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र वा अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

१७. इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिइने
इजाजतपत्र वा अनुमतिपत्र हराएमा वा दैवी प्रकोप परी मासिएमा वा पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ठाउँ समाप्त भएको कारण देखाई कसैले प्रतिलिपि माग गरेमा मन्त्रालयले पाँच सय रुपैयाँ दस्तुर लिई त्यस्तो इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिन सक्नेछ ।

१८. निरीक्षण तथा छानबीन गर्नसक्ने

१. ऐन, यस नियमावली वा इजाजतपत्र तथा अनुपतिपत्रमा उल्लेखित शर्तहरु बमोजिम कार्यक्रम प्रसारण गरे वा नगरेको सम्बन्धमा मन्त्रालयले वा मन्त्रालयले तोकिदिएको अधिकारीले प्रसारण सम्बन्धी संस्थाको निरीक्षण तथा छानबीन गर्न गराउन सक्नेछ ।

२. उपनियम -१) बमोजिम निरीक्षण तथा छानबीन गर्दा शर्त बमोजिम कार्यक्रम प्रसारण गरेको नदेखिएमा मन्त्रालयले अवस्थाअनुसार एक पटक शर्तबमोजिम काम गर्न मौका दिनसक्नेछ र त्यसरी मौका दिँदा पनि शर्तबमोजिम काम नगरेको भन्ने पुनः गरिएको निरीक्षण तथा छानबीनबाट देखिएमा मन्त्रालयले त्यस्तो प्रसारण संस्था वा व्यक्तिले प्राप्त गरेको इजाजतपत्र वा अनुपतिपत्र रद्द गर्न सक्नेछ ।

१९. इजाजतपत्र वा अनुपतिपत्र प्राप्त संस्था वा व्यक्ति जवाफदेही हुने
ऐन वा यस नियमावलीबमोजिम कसैले कुनै कार्यक्रम प्रसारण गरेबाट कसैको हक, हित, इज्जत वा प्रतिष्ठामा असर पर्न गएमा त्यसको जवाफदेही सम्बन्धित इजाजतपत्र तथा अनुपतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्ति नै हुनेछ ।

२०. समिति गठन गर्न सक्ने
ऐन वा यस नियमावलीबमोजिमको उद्देश्य पर्ूर्ति गर्न वा मन्त्रालयले गर्ने कामको सम्बन्धमा सरसल्लाह र सुझाव दिन मन्त्रालयले आवश्यक ठानेमा संचार क्षेत्रमा विशेष ज्ञान भएका व्यक्तिहरु रहेको समिति गठन गर्न सक्नेछ । त्यस्तो समितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि सो समितिको गठन गर्दाको अवस्थामा तोकिएबमोजिम हुनेछ ।

२१. सजाय गर्ने अधिकारी

१. ऐनको दफा १७ बमोजिम सजाय गर्ने प्रयोजनको लागि देहाय बमोजिमको एक समिति रहनेछ

क सचिव, सूचना तथा संचार मन्त्रालय अध्यक्ष
ख कानुनको क्षेत्रमा अनुभव प्राप्त श्री ५ को सरकारको अधिकृतहरुमध्ये मन्त्रालयले तोकेको एक जना सदस्य
ग प्रमुख, फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण महाशाखा, सूचना तथा संचार मन्त्रालय सदस्य सचिव

२. उपनियम -१) बमोजिमको समितिको बैठक लगायत अन्य कार्यविधि मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।

२२. अनुसूचिमा हेरफेर तथा थपघट गर्न सक्ने
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचिमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

अनुसूचि १ -ख)
-नियम ३ सँग सम्बन्धित)
प्रिmक्वेन्सी मोडुलेसन प्रसारण प्रणाली स्थापना गरी कार्यक्रम प्रसारण गर्ने इजाजतपत्रको लागि दिइने निवेदन

श्री
राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ३ बमोजिम फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणाली स्थापना गरी कार्यक्रम प्रसारण गर्ने इजाजतपत्र पाउनको लागि देहायका विवरणहरु खुलाई यो निवेदन गरेको छु /छौं ।
१. निवेदकको
-क) स्थायी ठेगाना -
जिल्ला
नगरपालिका /गा.वि.स.
वडा नं.
गाउँ /टोल
-ख) अस्थायी ठेगाना -
जिल्ला
नगरपालिका /गा.वि.स.
वडा नं.
गाउँ /टोल
२. निवेदकको नागरिकता -
३. प्रसारण संस्था वा व्यक्तिको
-क) नाम
-ख) आर्थिक स्थिति -स्थिर तथा चालू पूँजी)
-ग) अनुभव
-घ) प्राविधिक दक्षता
४. प्रसारण प्रणाली स्थापना हुने ठाउँ र प्रसारण केन्द्र -
५. प्रसारण हुने क्षेत्र र जनसंख्या -
६. प्रसारण सुरु हुने मिति -
७. प्रसारणको माध्यम -
८. प्रसारणको क्षमता -
९. प्रसारण गर्दा प्रयोग गरिने -
-क) फ्रिक्वेन्सी
-ख) बैण्ड
-ग) च्यानल
-घ) ट्रान्समिटर
-ङ) एण्टेना
१०. प्रसारण गर्दा प्रयोग गरिने उपकरणहरु -
११. प्रसारण सम्बन्धमा उपभोक्ता तथा अन्य व्यक्ति वा निकायसँग गरिएको सम्झौता -
१२. प्रसारणमा प्रयोग हुने भाषा -
१३. प्रसारणको समय र समायावधि -
१४. प्रसारण गरिने कार्यक्रमहरु -

माथि लेखिएको व्यहोरा ठिक साँचो छ, झुट्टा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला
निवेदकको
सही -
नाम -
मिति -
द्रष्टव्य ः निवेदकले सम्बन्धित विषयमा अनुभवी तथा ख्यात्रि्राप्त व्यक्ति वा मान्यताप्राप्त, अनुसन्धानात्मक संस्थाबाट आफूले इजाजतपत्र लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यावसायिक पक्षमा विस्तृत अध्ययन गर्न लगाई सोको प्रतिवेदन निवेदनसाथ संलग्न गर्नु पर्नेछ ।

अनुसूचि ५ -क)
-नियम ७ को उपनियम -१) सँग सम्बन्धित)
इजाजतपत्र तथा अनुमतिपत्र लिने स्वीकृतिको लागि निवेदन दिँदा लाग्ने दस्तुर
१. स्याटेलाइट, केबुल वा अन्य संचार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्नको लागि रु. २०००।
२. प्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणाली स्थापना गरी कार्यक्रम प्रसारण् गर्नको लागि रु. १५००।
३. स्यटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भूउपग्रह प्रसारण केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्नको लागि रु. ५०००।
-स्रोत ः नेपाल राजपत्र, खण्ड ४५, अतिरिक्तांक ५, भाग ३ -मिति २०५२।२।२८)

अनुसूचि ५ -ख)
-नियम ७ को उपनियम -२) सँग सम्बन्धित)
इजाजतपत्र तथा अनुमतिपत्र दिँदा लाग्ने दस्तुर
प्रिmक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना गरी कार्यक्रम प्रसारण गर्नका लागि लाग्ने रकमः
क. २० वाट क्षमतासम्मको प्रसारण केन्द्र रु. १००००।
ख. ५० वाट क्षमतासम्मको प्रसारण केन्द्र रु. २५०००।
ख. १०० वाट क्षमतासम्मको प्रसारण केन्द्र रु. ५००००।
ख. २५० वाट क्षमतासम्मको प्रसारण केन्द्र रु. १०००००।
ख. ५०० वाट क्षमतासम्मको प्रसारण केन्द्र रु. २०००००।
ख. ५०० वाट भन्दा बढी क्षमताको प्रसारण केन्द्र रु. ५०००००।

-स्रोत - सूचना तथा संचार मन्त्रालयको सूचना, -साउन १, २०५४) । नेपाल राजपत्र, खण्ड ४७, अतिरिक्तांक २०)

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन निति २०५९
छापाखाना तथा प्रकाशन ऐन
छापाखाना तथा प्रकाशन नियमावली
राष्ट्रिय प्रसारण नियमावली, २०५२
सूचना प्रविधि नीति, २०५७
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन


Developing Alternative Media Traditions in Nepal
Author: Michael Wilmore
Publisher: Martin Chautari, 2009

"(The book) examines how these innovative media came about and many obstacles their producers faced when attempting to speak of and to their own community. The book is based on long-term ethnographic research in Nepal in the mid-1990s and subsequent accounts of the continuing development of Tansen's community media organizations. Michael Wilmore offers a unique perspective on how people in developing nations use mass media. This book is one of the full-length, detailed accounts in English of new media development in Nepal and is suitable for advanced students and researchers of anthropology and media studies."


Appraisals versus Introspections
An Ethical Perspective on Fermenting Nepali Media

Author: Laxman Datta Pant
Publisher: Readmore
First Edition 2010


"Pant's book brings into focus many contemporary issues relating to the role of the media in a democracy. ... I hope the book will lead to new policy initiatives that will help strengthen the role of the media in Nepal's nascent democracy. ..." 
– Bharat Dutta Koirala, Recipient of Ramon Magsaysay Award for Journalism in 2002

"A sincere reader would definitely find in it some useful nourishment for understanding the contemporary media and society of Nepal. .."
– R. K. Regmee, Senior Journalist


मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2013 Communication and Media Resource. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas