सशस्त्र आन्दोलनको गोलचक्कर
प्रतिटिप्पणी अमीत ढकाल
बाबुरामजी, तपाईले उठाउनुभएको अर्को सवाल हो, संसदवादी
दलहरूको 'प्रभावमा' रहेका पत्रकार र बुद्धिजीवीहरूको माओवादीलाई
हेर्ने दृष्टिकोण । विग
त एक दशकमा नेपालमा व्यावसायिक पत्रकारहरूको एउटा
ठूलो जमात खडा भइसकेको छ । स्वतन्त्रताका साथ सोच्न, बोल्न र लेख्न
पाउने आदर्शका पक्षपाती ती पत्रकार तपाईहरूसँग मतभेद राख्छन् । म
आफै पनि मेरो चेतनाको एक औंस बाँकी रहुन्जेल निर्बिघ्न बोल्न, लेख्न,
राजनीतिक नेतृत्व चुन्न र त्यो नेतृत्वलाई सत्ताबाट हटाउन पाउने
आफ्नो अधिकारप्रति किञ्चित पनि सम्झौता गर्न चाहन्न । मैले नचुनेको
कुनै पनि व्यक्तिले ममाथि शासन गरोस् भन्ने चाहन्न । म एउटा सभ्य
समाजले अंगिकार गरेको स्वतन्त्र प्रेस, न्यायपलिका र आवधिक निर्वाचनको
पक्षपाती हुँ । माओवादी शासनमा मेरा यी र्सार्वभौम अधिकारहरूको रक्षा
हुन्छ ? तपाईहरूको व्यवहार, बेला-बेला निक्लने तपाईका दोधारे लेखहरू
र तपाईहरूको मानवीय स्वतन्त्रताप्रतिको मध्ययुगीन सोंचले मलाई र
मजस्ता कयौं स्वतन्त्रताप्रेमी पत्रकार र बुद्धिजीवीहरूलाई झस्काउनेमात्र
गरेको छैन, तपाइप्रतिको संशयले समेत बढाएको छ ।
जब तपाई क्रान्तिमा धेरै मानिसहरू मर्छन् र लाखौं
मानिसहरू मर्नु स्वभाविक हो भनेर लेख्नुहुन्छ, जब तपाई माओवादीहरू
कुनै दिन संसदीय राजनीतिमा आउँछन् भनेर कसैले सोचेका छन् भने त्यो
मुर्खता हो भनेर लेख्नुहुन्छ, जब तपाईको पार्टी पत्रकार ज्ञानेन्द्र
खड्कालाई सुराकीको आरोपमा सफाइको मौका पनि नदिई र्सार्वजनिक रूपमा
टाउको गिंडेर हत्या गर्छ र नाबालक केटाकेटी र बूढाबूढीलाई त्यो हेर्न
विवश तुल्याउँछ, तब हामी भन्न बाध्य हुन्छौँ - बाबुरामजी, तपाई हाम्रो
बाटो फरक छ । हामी र्सार्वजनिक रूपमा टाउको गिंडेर हत्या गरिने बोकासा
र इदी अमिन् शैलीको मध्ययुगीन बर्बरताका विरोधी हौँ । कदाचित् देश
बनाउने तपाईँको नियतमा मलाई एक रत्ति पनि शंका छैन, तर तपाईँको देश
बनाउने बाटो र तपाईले चाहेको समाजको कल्पनासँग मजस्ता कयौँ साथीहरूको
विमति छ । त्यसैले, हामी तपाईहरूको राजनीतिक मार्ग र शैलीको विरोध
गर्छौँ र राजनीतिक पार्टीलाई तपाईसँग हातेमालो गर्न जान हुन्न भनी
सचेत गराउँछौँ । हामीलाई तपाईँले लेखमा भन्नुभएजस्तो तपाईहरूबारे
कुनै भ्रम छैन । हाम्रो विमति र विरोध सचेतन हो र यो जारी रहनेछ
।
-साभारः कान्तिपुर दैनिक २०६१ बैशाख २४
क्रान्तिकारी पत्रकारहरूको
दायित्व
डा. बाबुराम भट्टर्राई
कुनै पनि क्रान्तिकारी आन्दोलनमा पत्रकारहरूको ठूलो
भूमिका हुन्छ । आजसम्मको विश्वको कुनै पनि ठूलो जनवादी वा समाजवादी
क्रान्ति पत्रकारहरूको अहं भूमिकाबिना सफलतापर्ूवक सम्पन्न भएको
देखिएको छैन । त्यसैले विश्वका प्रायः सबै महान् क्रान्तिकारी नेताहरूले
आफ्नो जीवनको कालखण्डमा पूर्ण वा आंशिक रूपले पत्रकारिताको भूमिका
निर्वाह गरेको देखिन्छ । हामी सबैलाई थाहा भएको कुरा हो कार्लमार्क्स
स्वयंले आफ्नो जीवनको सुरुमा 'न्यु राइनस जाइटुंङ' भन्ने पत्रिकामा
प्रधान-सम्पादक भएर काम गर्नुभएको थियो र पछि लामो समयसम्म उहाँ
'न्युयोर्क टि्रब्युन' को स्तम्भलेखक हुनुहुन्थ्यो । त्यसरी नै लेलिनले
'इस्क्रा' पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो भने माओले पनि क्रान्तिको
अवधिभर मात्र होइन क्रान्ति सम्पन्न भइसकेपछि पनि आफैंले पार्टी
र गैरपार्टी प्रकाशनहरूको सम्पादन गर्ने र तिनीहरूमा नियमित लेख,
टिप्पणी, सम्पादकीयहरू लेख्ने कार्य गर्नुहुन्थ्यो । यसैबाट मात्र
पनि क्रान्ति र पत्रकारिताबीच कति घनिष्ट र अविभाज्य सम्बन्ध रहेछ
भन्ने यथेष्ट झल्को मिल्छ ।
तत्कालीन नेपाली सर्न्दर्भ
क्रान्तिकारी पत्रकारहरूको भूमिका र दायित्व क्रान्तिकारी
आन्दोलनको विकासको गतिसँगै परिवर्तित हुँदै जाने कुरालाई पनि पत्रकारहरूले
हमेसा ख्याल राख्नुपर्दछ । विशेषतः क्रान्तिकारी जनयुद्धका रणनैतिक
प्रत्याक्रमणका ती मुख्य चरणहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति
सन्तुलन र युद्धको शैली तथा इलाकामा महत्वपूर्ण परिवर्तन हुँदै जाने
र समग्र वर्गसंघर्ष र अन्तसंर्घषको क्षेत्रमा समेत ठूलो परिवर्तन
हुने हुनाले क्रान्तिकारी पत्रकारहरूले सोहीअनुसार आफ्नो भूमिकालाई
परिमार्जित गर्दै लैजान सक्नुपर्दछ । अन्यथा उनीहरू रुढीवादमा फस्ने
खतरा रहन्छ ।
नेपाली जनयुद्ध यतिबेला रणनैतिक प्रत्याक्रमणको चरणमा
स्वभावतः अन्तर्राष्ट्रिय अन्तर्विरोध स्थिति, प्रतिक्रियावादी शासकवर्गभित्रको
अन्तर्विरोधको स्थिति, आमजनसमुदायको र्समर्थन र क्रियाशीलता र मुक्त
ग्रामीण इलाकाहरूको सुदृढीकरणको अवस्थाले निर्णायक असर गर्दछ । त्यसैले
क्रान्तिकारी पत्रकारहरूले यी विविध पक्षको वस्तुगत मूल्याङ्कन गरेर
सोहीअनुसार सत्य र तथ्यको सूचना प्रसारित गर्न हाम्रा पत्रकारहरूले
पनि साम्राज्यसँग टक्कर लिने क्षमताको विकास गर्नैपर्दछ ।
हाल नेपालको सञ्चारक्षेत्रमा दलाल र विदेशी एकाधिकार
पुँजिपतिहरूको वर्चस्व कायम हुँदै गएको हुँदा तीभित्रका देशभक्त
र प्रगतिशील तत्वहरूसँग एकता कायम गरेर क्रान्तिकारी आन्दोलनलाई
अग्रगति दिन क्रान्तिकारी पत्रकारहरूले विशेष भूमिका निर्वाह गर्नुपर्दछ
। त्यसरी नै अब संघर्षको केन्द्र क्रमशः सहरी इलाका बन्दै जाने भएकाले
सहरिया मध्यवर्ती तप्कामा विद्यमान भ्रमलाई निवारण गरेर उनीहरूलाई
क्रान्तिको पक्षमा आकषिर्त गर्न विशेष प्रचार अभियान सञ्चालन गर्नर्ुपर्दछ
। प्रचारको क्रममा प्रतिक्रियावादीहरूका अपराध र अत्याचारहरूको भण्डाफोर
साथसाथै क्रान्तिकारी आधार इलाकाहरूका नयाँ निर्माण र नयाँ संस्कृतिका
सकारात्मक पक्षहरूलाई सहरिया र अन्तर्राष्ट्रिय जनसमुदायसमक्ष ठीक
ढंगले सम्प्रेषण गर्ने कुरामा क्रान्तिकारी पत्रकारहरूको विशेष ध्यान
केन्द्रित हुनुपर्दछ । साथै रणनैतिक प्रत्याक्रमणको क्रममा निर्णायक
भूमिका निर्वाह गर्ने पार्टी जनसेनाका योद्धाहरूको मनोबल उच्च राख्ने
ढंगले हाम्रा पत्रकारहरूले आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ
।
रणनैतिक प्रत्याक्रमणको चरण समग्र जनयुद्धको असाध्यै
संवेदनशील र निर्ण्ाायक चरण भएकाले यतिबेला आन्दोलनमा वैचारिक संर्घष्ाको
प्रश्न पनि नयाँ उचाइमा पुग्ने कुरालाई क्रान्तिकारी पत्रकारहरूले
राम्ररी आत्मसात् गर्नुपर्दछ । क्रान्ति विचारको बलमा लडिँदै आएको
हुँदा विचारको हतियार समात्ने पत्रकारहरूले यो वैचारिक संघर्षमा
महत्वपूर्ण योगदान गर्न सक्दछन् र गर्नुपर्दछ ।
हाम्रो आन्दोलनमा निरन्तर गतिमा रहेको वैचारिक संघर्ष
यतिबेला जनवादको विकासको प्रश्न घनीभूत भएको छ र त्यसलाई ठीकसँग
ग्रहण गरेर तार्किक निष्कर्षा पुर्याउन क्रान्तिकारी पत्रकारहरूले
पनि आफ्नो भूमिका राम्ररी निर्वाह गर्नुपर्दछ । जनवादको विकासको
प्रश्न मूलतः विगतमा क्रान्तिकारी सत्ता र त्यसको नेतृत्वबाटै भएको
प्रतिक्रान्तिका अनुभवका आधारमा आमपार्टी कार्यकर्ता र जनसमुदायको
व्रि्रोहको अधिकारलाई संस्थागत गर्ने रणनैतिक अभ्रि्रायले अघि सारिएको
हुँदा यसलाई हाम्रा पत्रकारहरूले पार्टीभित्र र बाहिर ठीक ढंगले
सम्प्रेषित गर्ने कुरामा विशेष ध्यान दिनुपर्दछ । बृहत् जनवादको
जगमा बलियो केन्द्रीयता निर्माण गरेर प्रतिक्रियावादी सत्ता स्थापना
गर्ने र तत्पश्चात पुनः बृहत जनवादको सागरमा नयाँ सत्तालाई निरन्तर
ढंगले आम पार्टीपंक्ति र जनसमुदायमा गर्नु सम्भवतः हाम्रा क्रान्तिकारी
पत्रकारहरूको सबभन्दा ठूलो दायित्व हुनेछ ।
-साभार ः विमर्श साप्ताहिक, २०६१ जेठ १५-२१
अलपत्रकारिताको दिशामा पत्रकारिता
कृष्णज्वाला देवकोटा
अधिकांश संचारकर्मी राष्ट्रको नाडी छामेको भ्रममा
बाँचिरहेका हुन्छन् । समयको घोडामा सवारी गरिरहेको मनोविज्ञानले
तिनलाई प्रायः अतिअत्मविश्वसी ज्योतिष बनाइदिन्छ । तर यस्तो अत्मविश्वास
र अन्धविश्वासमा त्यति धेरै दूरी हुँदैन । चर्चित अनुहारहरूको चौघेरामा
सीमित पत्रकारिताले आमानिसका आशा र आक्रोशको पारो नाप्नसक्दैन ।
नेपालमै पनि पत्रकारिता एक हदसम्म दिग्भ्रमित छ ।
स्वदेश छिर्दै नछिरेको सार्स रोगलाई नेपाली संचार
माध्यमले जति ठाउँ दियो, बर्सेनी हजारौँ बालबालिका मर्ने झडापखालालाई
त्यति कहिल्यै दिएन । काठमाडौँमा पार्कको अभावबारे जति सामग्री प्रकाशित,
प्रसारित भए, रोल्पमा पुल नहुनुको पीडाबारे त्यसका आधा सामग्री पनि
छपिएनन्, प्रसारित भएनन् । अझै पनि राजधानी वा सदरमुकामलाई नदुखी
दुर्गमका कुनै पनि पीडा हम्मेसी समाचार बन्दैनन् । यस्तो पत्रकारिताले
राष्ट्रिय मानसको प्रतिनिधित्व र भविष्यवाणी गर्ने क्षमता र नैतिक
अधिकार राख्दैन ।
नेपाली संचारकर्मीहरू पनि आफूलाई प्रजातन्त्रका वास्तविक
प्रवक्ता भन्न रुचाउँछन् । नागरिक समाजका अरू अवयव र राजनीतिककर्मीहरूको
तुलनामा तिजको निष्ठा सुकिलो पनि छ । तैपनि यो निष्ठा प्रश्नरहित
छैन । उनीहरू प्रजातन्त्रलाई तथ्य र तर्कको तुलामा जोख्न डराउँछन्
। व्यक्तिहरूमाथिको संकट उनीहरूलाई राष्ट्रिय संकट लाग्छ । तर राष्ट्रको
संकटले त्यति छिटै छुँदेनन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल
घोषणा गरेपछि नेपाली संचार माध्यमको अनुशासित र मर्यादित अत्मनियन्त्रण
संसारकै इतिहामा अद्भूत थियो । यसअघि संसारमा कहिल्यै कुनै देशको
संचार जगतले संकटकाललाई यति आदरका साथ शिरोपर र सम्मान गरेको थिएन
। संकटकाल कुनै अदर्श परिस्थिति होइन तर संचार माध्यमहरूले त्यसलाई
निर्ःशर्त स्वीकार गरे । हौसिएका देउवाले पटकपटक म्याद थप्नुभयो
। र, सेनाको बलमा सक्रिय राजतन्त्रको जमिन तयार गरिदिनुभयो । संकटकालको
जमिनमा के फल्नसक्छ भन्ने अन्दाज नेपाली संचार जगतले कहिल्यै गरेन
।
हाम्रो पत्रकारिता मानवीय संवेदनाको त्यति ख्याल गर्दैन
। लोग्ने मारिएकी महिलालाई अहिले तपाईँलाई कस्तो छ ? कस्तो लागिरहेछ
? भनेर सोधिएका थुप्रै उदाहरण छन् । एक विहान यसले थिन्लेको उत्खनन
गर्छ र बिर्सन्छ । अचानक छायादेवीहरू दृश्यमा आउँछन् र हराउँछन्
। संचारकर्मीहरू व्यक्तित्व खोज्न हिँडदैनन्, जो अगाडि पर्छ त्यसलाई
रंगरोगन गर्छन् र बजारमा पस्कन्छन् ।
त्यसैले हामीकहाँ पनि पत्रकारिता चुकिरहको छ । यो
अझै पनि किङमेकर हुनुको भ्रममा आत्ममुग्ध छ । यसले गाउँ छुटाइरहेछ
जहाँ असली देश छ । चहकिलो प्रकाश फराकिला सडक र रेस्टुराँहरू यसको
केन्द्रमा छन् । पत्रकारिता अलपत्रकारिता बन्नुअघि नै नेपाली संचारकर्मीहरूले
आफूलाई सच्याउनुपर्छ ।
(साभारः कान्तिपुर दैनिक २०६१ जेठ १२)
|